तालिबानप्रति सकारात्मक बन्दै भारत



काठमाडौं । तालिबान सत्तामा आएको दुई महिनाभन्दा बढी भइसकेको छ । तर हालसम्म अन्तर्राष्ट्रिय समुदायले नयाँ तालिबान सरकारलाई मान्यता दिएको छैन । वैधता र मान्यता पाउनुपूर्व तालिबानले अन्तर्राष्ट्रिय समुदायको विश्वास जित्नुपर्ने अमेरिका लगायतका मुलुकले बताउँदै आएका छन् ।

नेटो गठबन्धनसँगको २० वर्षे युद्धपछि पुनस् सत्तामा आएको तालिबानले अन्तर्राष्ट्रिय समर्थन र वैधताका लागि प्रयास गरिरहेको छ । यसैबीच गत बुधबार रुसमा एउटा महत्वपूर्ण बैठक सम्पन्न भयो । सन् २०१७ मा अफगान मुद्दालाई केन्द्रमा राखेर शुरु भएको ‘मस्को फरम्याट’अन्तर्गतको तेस्रो बैठकमा रुससहितका १० क्षेत्रीय मुलुकका प्रतिनिधि सहभागी थिए ।

सम्बन्धित समाचार