मकालु वेशक्याम्प गएका एकको मृत्यु



संखुवासभा । संखुवासभामा रहेको मकालु हिमाल वेशक्याम्प घुम्न गएका १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्योदय नगरपालिका ५ श्रीअन्तु इलामका धरणीधर घिमिरे रहेका छन् । ३२ वर्षीय घिमिरे सहित ७ जना असोज २८ गते वेशक्याम्प तर्फ गएका थिए ।

घिमिरेको निमोनियाका कारण मकालु गाउँपालिका २ याङ्ले खर्कमा सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ । वेशक्याम्प घुम्न मृतकका जेठो दाजु एकराज घिमिरे, माइलो दाजु रुद्र घिमिरे, छिमेकी मिलन ढकाल, मोरङका उज्वल घिमिरे, इटहरीका, सौजन घिमिरे र संखुवासभा चैनपुर नगरपालिका ६ का श्याम राउत गएका थिए ।

घटनाको बारेमा एकराज घिमिरेले बिहिबार प्रहरीलाई जानकारी गराएको थियो ।

सम्बन्धित समाचार