ट्राफिक प्रहरी संखुवासभाको कार्यालय उद्घाटन



संखुवासभा । जिल्ला ट्राफिक प्रहरी कार्यालय संखुवासभाको कार्यालय उद्घाटन गरिएको छ । बिहिबार एक कार्यक्रमकाबिच कार्यालय उद्घाटन गरिएको हो । कार्यालय खाँदबारी नगरपालिका १ फुलपाती चोक स्थित रहेको छ ।

ट्राफिक प्रहरी (असई) प्रहरी सहायक निरिक्षक मान बहादुर खत्रीको नेतृत्वमा जिल्लामा ६ जनाले जिल्लामा ट्राफिक व्यवस्थापनको काम गरिरहेको छ । सदरमुकाम खाँदबारीमा ५ र चैनपुरमा १ जना ट्राफिक प्रहरी रहँदै आएको छ ।

जिल्लामा कार्यालय सहयोगी सहित १० जनाको दरबन्दी रहेपनि ६ जनाबाट सेवा प्रवाह भइरहेको ट्राफिक प्रहरी मदन भण्डारीले जानकारी दिए ।

सम्बन्धित समाचार