अविरल वर्षाका कारण पहिरो जाँदा दुईजनाको मृत्यु



काठमाडौं । अविरल वर्षाको कारण पहिरोको जाँदा कालीकोट र डडेल्धुरामा दुईजनाको मृत्यु भएको छ।

कालीकोटको महावै गाउँपालिका ७ राम्नीका विष्णुलाल अधिकारीको घर अविरल वर्षाको कारण मंगलबार बिहान भत्किँदा उनकी छोरी १८ वर्षीया स्मृतिको पुरिएर मृत्यु भएको छ। साथै‚ उनकै १५ वर्षीया छोरी घाइते भएकी छिन्।

यस्तै, डडेलधुरा, गन्यापधुरा गाउँपालिका १ भात्काडामा सोमबार राति पहिरोले पुरिएर ३२ वर्षीय विष्णु अवस्थीको मृत्यु भएको छ। पहिरो जाँदा पसलभित्र विष्णु च्यापिएको प्रहरीले जनाएको छ। च्यापिएका उनलाई जिल्ला प्रहरी कार्यालय डडेलधुरा र प्रहरी चौकी भात्काडाबाट खटिएको टोलीले उद्धार गरी डडेल्धुरा अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो। साथै पसल पूर्णरुपमा क्षति भएको छ।

यसैगरी, बझाङको बित्थडचिर गाउँपालिका २ पैरास्थित जयपृथ्वी राजमार्गमा सोमबार साँझ पहिरो जाँदा सडक अवरोध भएको छ। प्रहरी चौकी बित्थडचिरबाट खटिएको प्रहरीले सडक खुलाउन पहल गरिरहेको छ।

सम्बन्धित समाचार