बलात्कारको आरोपमा युवक पक्राउ



पाल्पा । तानसेन नगरपालिकामा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन्। १३ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा तानसेन ११ का २० वर्षीय प्रेम सुनारलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको।

प्रेमले तानसेन ४ सिलखान टोलमा गत असोज २५ मा ती किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

सम्बन्धित समाचार