नेपाली यू २३ फुटबल टोली ताजिकिस्तान प्रस्थान



काठमाडौं । एएफसी यू २३ एसियन कप छनोटका खेल्न नेपाली यू२३ टोली ताजिकिस्तान प्रस्थान गरेको छ । नेपाली टोली मंगलबार बिहान त्यसतर्फ प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

छनोटमा नेपाल कठिन समूहमा छ । नेपालसँगै ताजिकिस्तान, लेबनान र इरान समूह बीमा छन् ।

त्यसअघि नेपालले अक्टोबर २२ शुक्रबार इन्डोनेसियाको यु २३ टोलीसँग ताजिकिस्तानमै मैत्रीपूर्ण खेल खेल्नेछ ।

छनोटमा नेपालले पहिलो खेल इरानसँग अक्टोबर २५ मा खेल्नेछ । यस्तै दोस्रो खेल ताजिकिस्तानसँग अक्टोबर २८ र अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ ।

नेपाली टोलीमा साफ च्याम्पियनसिपको उपविजेता टिममा रहेका ६ खेलाडी पनि छन् ।

सम्बन्धित समाचार