धर्मदेवी नगरपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु



खाँदबारी । धर्मदेवी नगरपालिका–१ तीनजुरेमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका–१ का ३७ वर्षीय रमेश दाहालको मृत्यु भएको हो ।

ट्राफिक प्रहरी कार्यालय संखुवासभाका प्रमुख मानबहादुर खत्रीका अनुसार आइतबार बिहान टुटेदेउरालीबाट गुफापोखरी जाँदै गरेको ट्रयाक्टर तीनजुरेमा दुर्घटना भएको थियो । चालक दाहालको घटनास्थलमै मृत्यु भएको हो ।

ट्रयाक्टर सडकबाट करिव ३०० मिटर तल खसेको छ । दुर्घटना भएको ट्रयाक्टरको नम्बर प्लेट नखुलेको खत्रीले बताएका छन् । घटनाको थप अनुसन्धान भइरेहको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

सम्बन्धित समाचार