अछाम दुर्घटना अपडेट : मृतकको संख्या चार पुग्यो



काठमाडौं । अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकामा आइतबार राति करिब ११ बजे भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ।

प्रहरीका अनुसार पञ्चदेवल विनायक–२ का १४ वर्षीय जीवन न्यौपाने, १८ वर्षीय सर्प बोहरा‚ वडा नम्बर ३ का १७ वर्षीय जीवन जैसी र १७ वर्षीय हिमाल नेपालीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते हिमालको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

घाइते १५ जनामध्ये १३ जनाको जिल्ला अस्पताल अछाममा उपचार भैरहेको छ। दुईजनालाई थप उपचारका लागि राति नै नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले जानकारी दिए। जिल्ला अस्पतालमा उपचार भएकामध्ये हार्डीजोर्नीसम्बन्धी सल्लाह तथा उपचारका लागि दुईजनालाई बयालपाटा असपताल रेफर गरिएको डा। प्रेमप्रसाद ढुंगानाले बताए।

घाइतेमध्ये पञ्चदेवल विनायक–२ का मदन धामी र उपेन्द्र शाहीलाई नेपालगन्ज रिफर गरिएको हो। घाइतेमध्ये तपेन्द्र भण्डारी उपचारपछि घर फर्किएका छन्।

से १ च १७६३ नम्बरको बोलेरो जिप आइतबार राति सडकबाट करिब ३०० मिटर तल खसेको हो। जिप अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ।

सम्बन्धित समाचार