‘मनराम–एसकाज पत्रकारिता पुरस्कार’ संखुवासभाका दुई जनालाई



संखुवासभा । ‘मनराम–एसकाज पत्रकारिता पुरस्कार’ संखुवासभाका दुई जनाले प्राप्त गर्ने भएका छन् । ‘मनराम–एसकाज पत्रकारिता पुरस्कार–२०७७’ नवीन गुरुङ र प्रेमप्रसाद निरौलालाई ‘मनराम–एसकाज पत्रकारिता पुरस्कार–२०७८’ दिइने भएको संखुवासभा काठमाण्डौं जर्नालिष्ट एशोसिएसन (एसकाज)का अध्यक्ष शंकर खनालले जानकारी दिए ।

प्रत्येक वर्ष मनराम फाउण्डेशन र संखुवासभा काठमाण्डौं जर्नालिष्ट एशोसिएसनले एक जनालाई पुरस्कृत गर्दै आएको छ । २०७७ मा गुरुङको नाम छनौट भएको भएपनि कोरोनाका कारण पुरस्कार वितरण गर्न नसकेको खनालले बताए । अध्यक्ष खनालले भने–‘गुरुङ र निरौलालाई कार्तिक २ गते काठमाण्डौंमा एक कार्यक्रमका विच एकै पटक पुरस्कार तथा कदर पत्र वितरण गरिने कार्यक्रम तय भएको छ ।’ गुरुङ र निरौलाले नगद २५ हजार रुपैयाँ राशी र कदर पत्र सहित मनराम–एसकाज पत्रकारिता पुरस्कार पाउने भएका हुन् ।

पत्रकारिताको क्षेत्रबाट संखुवासभा जिल्लाको समग्र विकासमा उल्लेख्य योगदान पुर्याए बापत संखुवासभाका पत्रकारहरुलाई पुरस्कृत गर्ने गरेको हो । एसकाजले संखुवासभामा रही पत्रकारिता गरिरहेका पत्रकारहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले पुरस्कृत गर्न सुरु गरेको एसकाजले जनाएको छ ।
यस अघि संखुवासभा जिल्लामा रहि पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्याउने क्रियाशिल पत्रकारहरु गंगा विष्ट, इन्द्र गिरी, दीपेन्द्र शाक्य, कृष्णराज शाक्य मनराम–एसकाज पत्रकारिता पुरस्कारबाट पुरस्कृत भइसकेको एसकाज अध्यक्ष खनालले बताए । २०७३ साल देखि प्रत्येक वर्ष मनराम फाउण्डेशन सँगको सहकार्यमा मनराम–एसकाज पत्रकारिता पुरस्कार वितरण हुँदै आएको छ ।

प्रेमप्रसाद निरौलाले मोफसलबाट पत्रकारीता सुरु गरेका थिए

पाख्रिवास साप्ताहिकको प्रकाशक/सम्पादक तथा पाख्रिवास एफएमको स्टेसन मेनेजर निरौलाले वि.सं. २०५९ बाट पत्रकारीता सुरु गरेका हुन् । उनले संखुवासभाको चैनपुरबाट प्रकाशन हुने नव झुल्को साप्ताहिकमा खाँदबारीबाट रिर्पोटिङ सुरु गरेका थिए । चिचिला गाउँपालिका–४ माच्छेमा जन्मेका निरौला २०६२–२०६८ सम्म राष्ट्रिय सामाचार समितिका जिल्ला प्रतिनिधी भएर काम गरेका थिए । आर्थिक अभियान राष्ट्रिय दैनिकका समाचारदाता समेत भएका निरौला हाल जिल्लामा नै आफ्नै साप्ताहिक पत्रिका र एफएम सञ्चालन गरी बसेका मोफसलका सक्रिय पत्रकार हुन् ।

नवीन गुरुङले भित्ते पत्रिकाबाट लेखन सुरु

खाँदबारी नगरपालिका–४ सेकाहामा जन्मेका नवीन गुरुङले विस २०५९ बाट नव अनमोल साहित्यीक भित्ते पत्रिकाबाट लेखन सुरु गरेका हुन् । विस २०६३ पछि गुरुङले गुरुङ जातीको रोधीं र थोम्यौं (दौतरी) पत्रिकामा संखुवासभाका गुरुङ गतिविधीका बारेमा लेख्न थालेका थिए । वि.सं. २०६४ खाँदबारीबाट प्रकाशन हुने मकालु सन्देश साप्ताहिकमा काम सुरु गरेका हुन् । उनि हाल नयाँ पत्रिका दैनिक र एवीसि टेलिभिजनका जिल्ला सम्वाददाता हुन् भने खाँदबारीबाट प्रकाशन हुने संखुवासभा एक्सप्रेस प्रकाशक/सम्पादक भएर कृयासिल रुपमा काम गरिरहेका छन् ।

 

सम्बन्धित समाचार