खाँदबारीमा सम्पन्न स्नोकर प्रतियोगितामा पासाङ शेर्पा विजेता



संखुवासभाको सदरमुकाम खाँदबारीमा सम्पन्न स्नोकर प्रतियोगितामा पासाङ शेर्पा विजयी भएका छन् । खाँदबारी ९ तुम्लिङटारका शेर्पाले मकालुका लाक्पा शेर्पालाई पछी पार्दै विजेता बनेका हुन् । विजेता शेर्पाले २५ हजार र उपविजेता बनेका लाक्पाले १५ हजार प्राप्त गरेका छन् ।

प्रतियोगिता द ब्ल्याक्स ब्ल्याक स्नोकर हाउस खाँदबारीले आयोजना गरेको थियो । प्रतियोगितामा संखुवासभाका २८ जना प्रतियोगी सहभागी भएका थिए ।

तीन दिन अघिदेखि सुरु भएको प्रतियोगिता आइतबार समपन्न भएको हो ।

सम्बन्धित समाचार