खाँदबारीका आगलागी पिडित राई परिवारलाई खाद्यान्न सहयोग



खाँदबारी नगरपालिका वडा नं. १० मट्याङ्रेमा बस्दै आएका परज कुबेर राईको परिवारलाई खाद्यान्न सहयोग प्राप्त भएको छ । स्थानीय देवराज थापाको खेतमा खेतपिाती गर्दै बस्दै आएका राई परिवारलाई बाल हेल्प लाइनले खाद्यान्न सहयोग गरेको हो । राई परिवार बस्दै आएको आवास गृहमा गत जेष्ठ २९ गते आगलागी भई धनमाल तथा खाद्यान्न जलेर नष्ट भएको थियो ।

नजिकिएको दशैको बेला निजको बालबच्चालाई लालनपालनमा समस्या भएको भन्दै खाध्यान्न ब्यबस्थापनका लागि बाल हेल्पलाइन नम्बर १०९८ (दस नौ आठ) संखुवासभाले खाद्यान्न सहयोग गरेको हो । आइतबार खाँदबारी नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष केशबराज सिं थापाको रोहवरमा खाध्यान्न सामाग्री सहयोग स्वरुप बितरण गरिएको छ । निज राईका १२ वर्ष , १० वर्ष र ७ वर्षका छोरिहरु रहेका छन् ।

सम्बन्धित समाचार