सिद्धकाली मन्दिरमा विशेष पूजाका लागि अक्षय कोष स्थापना



संखुवासभा चैनपुर नगरपालिका स्थित सिद्धकाली मन्दिरलाई बिशेष पाठपूजा संचालन खर्चमा सहयोग पुर्‍याउने उद्देश्यले मन्दिरलाई अहिलेसम्मकै सबैभन्दा ठूलो धनराशिको अक्षय कोष स्थापना भएको छ।

चैनपुर – ६ निवासी दानवीर मानमोहन श्रेष्ठले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाको कोश स्थापना गरेर सबैभन्दा ठूलो अक्षय कोष दाता बनेका छन ।

सिद्धकाली मन्दिर परिसरमा भएको एक कार्यक्रममा दानवीर दाता श्रेष्ठले चैनपुर नगरपालिकाका नगर प्रमुख भरत कुमार खत्रीलाई उक्त रकमको चेक हस्तान्तरण गर्दै अक्षय कोष स्थापना गर्नुभएको हो। पूर्ब आइजिपि कृष्णमोहन श्रेष्ठका दाजु मानमोहन श्रेष्ठ एउटा कुशल उद्योगीको रुपमा चिनिन्छन्।

धार्मिक क्षेत्रमा गरेक सहयोगको प्रशंसा गर्दै दानवीर श्रेष्ठलाई कार्यक्रममा मन्दिर संरक्षक समितिले फुल, माला र खादाले भब्य स्वागत गरेको थियो। कार्यक्रममा धार्मिक छेत्रमा गरेको यो सहयोगको पूर्ण रुपमा सदुपयोग गर्दै अघि बढ्ने मन्दिर संरक्षक समितिका कोषाध्यक्ष एबम् चैनपुर नगरकार्यपालिकाका सदस्य लक्ष्मिमाया अधिकारीले बताइन्।

अरुण गुल्म नम्बर ४ संखुवासभाका प्रमुख डिएसपी विशाल सिलवाल, ईलाका प्रहरी कार्यलय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा लगायतको उपस्थिति रहेको सो कार्यक्रममा चैनपुर वडा नम्बर – ३ का वडाअध्यक्ष बलबहादुर अधिकारी, सामाजिक अभियानता एबम् तत्कालीन सिद्धकाली गाविसका पूर्व अध्यक्ष ज्ञानबहादुर कार्की, चैनपुर नगरपालिका नगर प्रमुख एबम् कार्यक्रमको अध्यक्ष भरत कुमार खत्री लगायतले दानवीर श्रेष्ठको उक्त कार्यको प्रशंसा गर्दै धन्यवाद दिए ।

बडा दसैं घटस्थापनाको तृतीया तिथिको अवसरमा धार्मिक क्षेत्रलाई पूजा व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले गरिएको अक्षयकोष दानलाई दाताको भावना अनुकुल काम गर्न पछि नपर्ने मन्दिर समितिका सचिब पदम बहादुर अधिकारीले बताए।

सम्बन्धित समाचार