खाँदबारी बाल कल्याण गृहका बालबालिकालाई चलचित्रकर्मीद्धारा सहयोग



संखुवासभाको खाँदबारीमा रहेको बाल कल्याण गृहका बालबालिकालाई चलचित्रकर्मीले दशैं खर्च सहित सहयोग गरेका छन् । मकालु त्रिशक्ति समूह (माट्स नेपाल) द्धारा सञ्चालित बाल गृहका बालबालिकाका लागि मोटे मोटी मोटे चलचित्रका निर्माता तथा निर्देशक याम थलङ लिम्बुले सहयोग गरेका हुन् ।

उनले बाल गृहलाई ३५ हजार रुपैंया हस्तान्तरण गरेका छन् । साथै बाल गृहमा रहेका ९ जना बालबालिका र धाईआमालाई जनही ५ सय रुपैंया प्रदान गरेका छन् ।

सुरशाला म्युजिक एण्ड डान्स एकेडेमिको समन्वयमा बाल कल्याण गृहलाई सहयोग गर्न लिम्बु खाँदबारी आइपुगेका हुन् । यसअघि पनि उनीहरुले संखुवासभामा मोटे मोटी मोटे चलचित्र च्यारिटी सो मार्फत उक्त बाल गृहलाई सहयोग गरेका थिए ।

अहिले गरिएको सहयोग मलेसिया र सिंगापुरमा गरिएको च्यारिटी सो मार्फत प्राप्त रकम मध्येको रहेको निर्माता लिम्बुले बताए । उक्त चलचित्र राम तुलशी लिम्बु, गगन कुमार तामाङ र देवराज पौडेलको सहयोगमा मलेसिया र सिंगापुरमा च्यारिटी सो गरिएको थियो ।

सम्बन्धित समाचार