साफ च्याम्पियनसिपमा माल्दिभ्सको पहिलो जित



काठमाडौं । साविक विजेता तथा घरेलु टोली माल्दिभ्सले साफ च्याम्पियनसिप-२०२१ मा पहिलो जित हात पारेको छ । राउण्ड रोविन अन्तर्गत आफ्नो दोस्रो खेलमा माल्दिभ्सले बंगलादेशलाई २/० ले पराजित गरेको हो ।

मालेस्थित नेशनल स्टेडियममा बिहीबार राति भएको खेलमा माल्दिभ्सलाई जित दिलाउन हाम्जा मोहमेद र अलि अस्फाकले गोल गरे ।

पहिलो हाफ गोलरहित सकिएको खेलमा माल्दिभ्सले दोस्रो हाफमा दुवै गोल गरेको हो ।

खेलको ५५ औं मिनेटमा हाम्जाले बाइसाइकल किकमार्फत गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाएका थिए । ७४ औं मिनेटमा अस्फाकले पेनाल्टीमा गोल गर्दै माल्दिभ्सलाई २/० को जित दिलाए ।

पहिलो खेलमा नेपालसँग पराजित भएको माल्दिभ्सले बंगलादेशलाई हराएपछि २ खेलबाट ३ अंक जोडेको छ । ३ खेल खेलिसकेको बंगलादेशको एक जित, एक बराबरी र एक हारपछि ४ अंक छ ।

सम्बन्धित समाचार