धनकुटाका नक्कली नोटकारोबारीलाई प्रहरीले गर्यो सार्बजनिक



धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले नक्कली नोटको कारोबारमा संग्लन गरेका ६ जनालाई पक्राउ गरि आज सार्वजनिक गरेको छ ।

नक्कली नोट कारोबारमा पक्राउ पर्नेहरुमा धनकुटा नगरपालिका वडा न १ का २६ बर्षिय बिशाल तामाङ्ग, ताप्लेजुङ्ग पाथिभरा याङ्गवरक घर भई धनकुटा नगरपालिका १ बस्ने २६ बर्षिय छितेन तामाङ्ग, धनकुटा नगरपालिका वडा न १ कै २४ बर्षिय सोनम तामाङ्ग, धनकुटाको महालक्ष्मी नगरपालिका वडा न ८ बस्ने २६ बर्षिय सुमन खड्का, महालक्ष्मी नगरपालिका ९ बस्ने २४ बर्षिय तुलसी तामाङ्ग र महालक्ष्मी नगरपालिका ९ बस्ने २१ बर्षिय विकास तामाङ्गलाई प्रहरीले सार्वजनिक गरेको हो ।

धनकुटा नगरपालिका वडा न ९ मुलघाटमा प्रहरी चेक जाँचको क्रममा असोज ११ गते ३२ हजार नक्कली नोट सहित पक्राउ परेका छितेन तामाङ्ग र बिशाल तामाङ्गको बयानको आधारमा अन्य लाई समेत प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी डिएसपी दिपक कुमार रायले जानकारी दिनु भयो ।

प्रहरीले छितेन तामाङ्गको साथ बाट २८ हजार, विशाल तामाङ्गको साथ बाट ५ हजार र उनिहरुले फालेको २ हजार र सोनाम तामाङ्गको घर बाट फेला परेको ६५ वटा हजारका दरका नक्कली नोट समेत सार्वजनिक गरेको छ साथै काठमाण्डौंबाट पक्राउ परेका १ जना अभियुक्त संग छानबिन जारी रहेकोले उनको भने कुनै विवरण नखुलाईएको डिएसपी रायले बताउनु भयो ।

नक्कली नोट ला’गु औ’षध कारोबारमा प्रयोग गर्ने गरेको पक्राउ परेकाहरुले बयान दिएको समेत प्रहरीले जनाएको छ । उनिहरु लाई मुद्रा सम्बन्धी कसुरमा कारबाही प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार