झन्डै ३ लाख रुपैयाँ नगद र चेकसहित काठमाण्डौबाट १९ जुवाडे पक्राउ



काठमाण्डौ – झन्डै तीन लाख रुपैयाँ नगद र चेकसहित काठमाण्डौबाट १९ जना जुवाडे पक्राउ परेका छन् ।

बाफलमा रिजु श्रेष्ठको घरमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले छापा मार्दा दुई लाख ८६ हजार रुपैयाँसहित १९ जनालाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट ४८ हजार रुपैयाँका दुई वटा चेक, तास, कौडा लगायतका सामग्री पनि बरामद गरिएको प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । उनीहरूको जुवातास खेल्ने सञ्जाल नै रहेको शङ्कामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार