नेपाल लाईफले दियो दुई परिवारलाई मृत्यू दाबी भुत्तानी



सोलुखुम्बु । नेपाल लाईफ ईन्सुरेन्स सोलुखुम्बुले २ परिवारलाई एकै दिन मृत्यू दाबी रकम हस्तान्तरण गरेको छ ।

सोलुदुधकुण्ड नगरपालिका ८ का ल्हाक्पा शेर्पाको दावी रकम उनका बुबा किपा शेर्पालाई बिहिबार हस्तान्तरण गरिएको हो । शेर्पालाई ७ लाख ४२ हजार दावी भुक्तानी गरिएको हो ।

यस्तै माप्यदुधकोशी गाउँपालिका ७ का राम कुमारी घिमिरेको पनि दावी रकम भुक्तानी गरिएको छ । घिमिरेको बुवा इश्वरी प्रसाद घिमिरेलाई ५ लाख ६३ हजार बराबरको चेक हस्तान्तरण गरिएको हो । अभिकर्ता भेटघाट तथा दसैको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजनामा दुई परिवारलाई चेक हस्तान्तरण गरिएको हो ।

ल्हाक्पा शेर्पाले जम्मा ७ लाख बराबरको बिमा गरेको शाखा कार्यालय सल्लेरीले जनाएको छ । शेर्पाले प्रथम किस्ता बापत ३२ हजार ३ सय ७९ रुपैयाँ कम्पनीलाई बुझाएका थिए । त्यस्तै घिमिरेले ५ लाख बराबरको बिमा गरेका थिए । घिमिरेले कम्पनीलाई पहिलो र दोस्रो किस्ता बापत ४७ हजार ५ सय ९० कम्पनीलाई बुझाएको थियो ।

कार्यक्रममा सल्लेरी शाखाका शाखा प्रबन्धक प्रकाश कार्की, नेपाल बिमक संघका अध्यक्ष मानबहादुरर कट्वाल, सचिव डिवि खालिङ लगायत एजेन्सी मेनेजरहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार