पोखरालाई भैरहवाको १२० रनको लक्ष्य



काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ अन्तर्गत दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडिएटर्सले पोखरा राईनोजलाई १२० रनको लक्ष्य दिएको छ ।

टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमन ६ विकेट गुमाएर ११९ रन बनाएको हो।

भैरहवाको लागि कप्तान शरद भेषावकरले सर्वाधिक ३२ रन बनाए । शरदले ३३ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । यस्तै आरिफ शेखले २४ बल खेल्दै १ चौका र १ छक्का मद्दतमा २७ रन जोडे।
५१/५ को अवस्थामा रहेको बेला आरिफ शेखले कप्तान शरद भेषावकरसँग छैटौं विकेटका लागि ४१ रनको साझेलारी गरेका थिए । यस सिजन पहिलो पटक ओपनिङ गरेका राहित पौडेलले १८, प्रदिप ऐरीले ११ र उपुल थरंगाले १० रन बनाए ।

बलिङमा पोखराका किशोर महतो र साहान अराचचिगेले २/२ विकेट लिए । साहानले ४ ओभरमा १५ रन खर्चिए भने किशोरले ४ ओभरमा १ मेडन राख्दै २१ रन खर्चिए । नन्दन यादव र असेला गुनारत्नेले समान १ विकेट लिए ।

सम्बन्धित समाचार