पूर्व स्वास्थ्य राज्यमन्त्री गुरुङद्धारा कारमारङ स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर



पुर्वस्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले मकालु गाउँपालिकाको कारमारङ स्वास्थ्य चौकी पावाखोलालाई स्वास्थय सामग्री उपलब्ध गराउनुभएको छ । गुरुङले बुधबार स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउनुभएको हो ।

दश लिटर क्षमताको उक्त कन्सन्ट्रेटर विद्युत जडान गरिएको ठाउँमा मात्र प्रयोग हुने र एकै पटकमा ३ जना विरामीहरुलाई अक्सिजन दिन सकिन्छ । ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवामा सहयोग होस भन्ने हेतुले गुरुङले उपलब्ध गराउनुभएको हो । यो भन्दा अगाडी वहाँले सिलिचोङ, चिचिला, सेकाहा, खाँदबारी–८, सभापोखरी लागयतका स्थानमा पनि उपलब्ध गराईसकेका छन् ।

सम्बन्धित समाचार