दुर्गमका गर्भवती/सुत्केरीलाई हवाई उद्धार कार्यक्रमको प्रभावकारी सम्बन्धी खाँदबारीमा अन्तरक्रिया



हिमाली जिल्ला संखुवासभा लगायतका दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको लागि हवाई उद्धार कार्यक्रमको प्रभावकारी सम्बन्धी अन्तरक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालयको सभाहलमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयद्धारा आयोजितमा एकदिने अन्तरक्र्रिया कार्यक्रम सम्पन्न भएको हो । संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाको अध्यक्षतामा आयोजना भएको उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडा रहेकी थिईन् । कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सहसचिव रोशनीकुमारी श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेकी थिईन् ।

कार्यक्रममा बोल्र्दै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडाले संखुवासभामा मातृमृत्यू र शिशुमृत्यूदर बढ्दो देखियो, त्यसैले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई लक्षित गरेर हवाई माध्यमद्धारा राष्ट्रपति महिला उद्धार कार्यक्रम लागु भईसक्दा समेत यो जिल्लामा सेवाग्राही कम देखिएकाले मन्त्रालय आफै सरोकारवालाहरुसंग अन्तरत्र्रिmया गर्नका लागि संखुवासभा आएको बताईन् । उनले संखुवासभा हिमाली जिल्ला हो । यहाँका भौगोलिक विकटता र कठिनाई बारेमा जानकार भएर नै सरकारले संखुवासभालाई हवाई उद्धारमा पूर्ण रुपमा सेवा दिने निर्णय गरेको बताईन् । ‘हवाई उद्धार कार्यक्रमसंगै महिलाहरुको जिविकापार्जनका लागि समेत विभिन्न कार्यक्रम ल्याइएको छ । महिला दिदिबहिनीहरुलाई कार्यक्रममा सरिक भएर सेवासुविधा लिन समेत आग्रह गर्दछु ।’–मन्त्रालयका सचिव खतिवडाले भनिन् ।

कार्यक्रममा धर्मदेवी नगरपालिकाका उपप्रमुख शोभा घिमिरेले अझै पनि महिलाहरु विभिन्न अपराधिक क्रियाकलापका शिकार र बलात्कृत हुनपर्ने अवस्था कायमै रहेकाले सरोकारवाला निकायहरुले विशेष ध्यान दिनुपर्ने बताईन् ।त्यसैगरि सभापोखरी गाउँपालिकाका उपाध्यक्ष सिता दाहालले दुर्गम क्षेत्रका महिलाहरुलाई जोखिम पर्दा हवाई उद्धार गर्ने कार्यक्रम बारेमा सबै मानिसहरु जानकार नरहेको बताईन् । उनले कार्यक्रमको प्रभावकारिता बढाउन तल्लो तहका महिला स्वास्थ्य स्वयंम सेविकाहरुलाई राष्ट्रपति महिला उद्धार कार्यक्रमको बारेमा समेत प्रचारप्रसार गर्न गराउनु लगाउनु पर्ने बताईन् ।

जनप्रतिनिधी नै अनविज्ञ

कार्यक्रममा भोटखोला गाउँपालिकाका उपाध्यक्ष पान्जाम भाच्याव भोटेले हवाई जहाजबाट महिलाको उद्धार गर्ने कार्यक्रममा बारेमा आफुलाई जानकारी नभएको बताईन् । उनले यस्तो कार्यक्रम बारे जानकारी नहुदाँ भोटखोलामा सुत्केरी महिलाले अकालमा ज्यान गुमाउन परेको स्मरण गरिन् । ‘यस्तो राम्रो कार्यक्रमको थालनी भएको रहेछ, किन प्रचारप्रसारमा ढिलाई भएको हो । कार्यक्रम बारेमा जनप्रतिनिधी नै अन्योलमा छ । तल्लो तहमा सर्वसाधारण नागरिकहरु झन अन्योलमा हुनु स्वाभाविकै हो ।’—उपाध्यक्ष भोटेले भनिन् ।

उपाध्यक्ष भोटेले भोटखोला संखुवासभाको कर्णाली हो । आफै अति दुर्गम क्षेत्र भएकाले कतिपय कामहरु सिडिओ साबले टेलिफोनको भरमा गरिदिनु पर्ने समेत आग्रह गरिन् ।

त्यसैगरि कार्यक्रममा स्वास्थ्य कार्यालय संखुवासभाका पब्लिक नर्स भवानी तिम्सिनाले संखुवासभामा एकै बर्षमा चार जना महिलाहरुले ज्यान गुमाएको बताईन् । उनले अत्यधिक रक्तस्रावका कारण ति महिलाहरुले ज्यान गुमाउनु परेको बताउर्दै हवाई उद्धार कार्यक्रम भएपनि रातको समयमा सुत्केरी हुदाँ ति महिलाहरुले सेवासुविधाबाट बञ्चित हुनपरेको बताईन् ।

कार्यक्रममा प्रदेश नं १ का सामाजिक बिकास समितिका सभापति सरिता थापा खड्का र साँसद पदमकुमारी गुरुङको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी र संचारकर्मीहरुले विभिन्न समसामयिक कुराहरु उठाएका थिए । भने कतिपयले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको लागि हवाई उद्धार कार्यक्रम नै थाहा नपाएकाले प्रभावकारिताको नै नभएको समेत बताएका थिए ।

कार्यक्रममा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको लागि हवाई उद्धार कार्यक्रम संखुवासभा लगायतका दुर्गम ४८ वटा जिल्लामा लागु भएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फट सुत्केरी महिलाहरुलाई उद्धार गर्दै आएको छ । अहिले निःशुल्क रुपमा उद्धार पछि घर फर्किदा बाटो खर्च बापत २० हजार रुपैया दिने गरेको मन्त्रालयको भनाइ छ ।

उक्त कार्यक्रममा १० वटै स्थानीय तहमा प्रमुखरउपप्रमुख, अध्यक्षरउपाध्यक्ष र स्वास्थ्य शाखा प्रमुखको उपस्थिती रहेको थियो । जिल्ला स्थित संचारकर्मीहरु र स्वास्थ्य क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरुको समेत उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार