संखुवासभामा ४ ठूला राजनैतिक दलको भेटघाट सम्पन्न



संखुवासभामा चार ठूला राजनैति दलको भेटघाट सम्पन्न भएको छ । नेपाली कांग्रेस १४ औं जिल्ला अधिवेशनवाट निर्वाचित सभापती दिपक खड्काको आयोजनामा कांग्रेस पार्टी कार्यालयमा ४ दलको भेटघाट भएको थियो । भेटमा जिल्लामा सुशासन, भ्रष्टचार निवारण, विकास निर्माण, शान्ती सुरक्षा लगायत जिल्लामा भई रहेको गतिविधीको बारेमा छलफल भएको बताइएको छ । ४ वटै दल सहकार्य र एकतामा जानु पर्ने सभापती खड्काको भनाई छ ।
४ ठूला दलहरूमा नेकपा (एमाले)का विनोद सुव्वा गुरूड, नेपाली कांग्रेस सभापती दिपक खड्का, नेकपा (माओवादी) ईन्चार्ज कृष्ण जिमी, नेकपा (एकृकित समाजवादी) अध्यक्ष हेमराज घिमिरे सहभागी थिए। आगामी दिनमा पनि दलिय छलफललाई नियमित रूपमा आयोजना गर्दै जिल्लालाई विकास निर्माण, सुशासन, भष्ट्रचार निवारण र शान्ती सुरक्षामा लाग्ने निर्णय भएको छ। भेलामा दशै तथा तिहार पर्वको शुभकामना तथा नव निर्वाचित सभापतिलाई सुभकामना आदान प्रदान समेत भएको थियो ।

सम्बन्धित समाचार