कांग्रेस नेता सिंह र विप्लवबीच भेटवार्ता



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ। सिंहको निवास चाक्सीबारीमा नेताद्वयबीच भेटवार्ता भएको हो।

भेटमा पछिल्लो मुलुकको समसामयिक राजनीतिक स्थितिका विषयमा छलफल भएको सिंहका स्वकीय युपी लामिछानेले बताए।

यसअघि पनि नेता विप्लवले राजनीतिक दलका सबै शीर्ष नेतासँग भेटवार्ता गरेका थिए।

सम्बन्धित समाचार