सुनको भाउ आज ४ सय रुपैयाँले घट्यो



काठमाण्डौ । सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेको छ । सुनको मूल्य आज तोलामा ८९ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ९० हजार ३ सय रुपैयाँ थियो । चाँदी भने आज पनि तोलाको ११ सय ६० रुपैयाँमा नै कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार