जर्मनी र बेलायती वैज्ञानिकलाई रसायनशास्त्रको नोबेल पुरस्कार



काठमाडौं । यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जर्मनीका बेन्जामिन लिस्ट र बेलायतका डेभिड डब्ल्यूसी म्याकमिलानलाई संयुक्तरुपमा प्रदान गरिएको छ ।

अणु बनाउने नयाँ तरिकाको विकास गरेकोमा उनीहरुलाई नोबेल पुरस्कार दिने घोषणा गरिएको हो । नयाँ तरिकाले औषधि क्षेत्रमा अनुसन्धानको लागि पनि सहयोग पुग्ने अपेक्षा छ ।

बुधबार नोबेल पुरस्कार कमिटिले उनीहरुलाई यो पुरस्कार दिने घोषणा गरेको हो। यसअघि नै चिकित्साशास्त्र र भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ ।

सम्बन्धित समाचार