बाख्रा पकेट कार्यक्रम सुरु गरेको चिचिलाले बाँड्यो सुपर नेपियार घाँस

खाँदबारी । चिचिला गाउँपालिकाले पशुपालक कृषकहरुलाई उन्नत जातको घाँसको बिरुवा वितरण गरेको छ । पालिकाका ५० कृषकहरुलाई सुपर नेपियार घाँस वितरण गरेको हो ।

कृषकहरुलाई पहिलो पटक १३ हजार ५ सय बोट घाँसको बिरुवा निशुल्क उपलब्ध गराएको हो । यस बर्ष गाउँपालिकाले सुरु गरेको बाख्रा पालन पकेट कार्यक्रमलाई टेवा पुग्ने गरि घाँस वितरण गरेको हो । केहि बर्षमा नै गाउँपालिकामा बाख्राको संख्या बढ्ने र घाँसको अभाव हुनसक्ने भएपछि कृषकहरुलाई घाँस वितरण गरिएको गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले जानकारी दिनुभयो । यस बर्ष पकेट कार्यक्रम अन्तर्गत बाडिएको बोयर जातको बाख्रा र पशु पालक किसानहरुसँग यस अघि नै रहेको बाख्राबाट एक डेढ बर्ष भित्र नै बाख्राको उल्लेख्य संख्या हुने अध्यक्ष शेर्पाको भनाई छ । बाख्रा उत्पादनमा घाँस अभाव नहोस भनेर कृषकहरुलाई घासँ वितरण गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

चिचिला गाउँपालिकाका ब्यावसायीक पशुपालकहरुलाई गाउँपालिकाले ५० प्रतिशत अनुदानमा सय वटा पाठी र दश वटा बोका वितरण गरेको थियो । पालिकाबाट बाख्रा तथा खसी निर्यात गरेर आर्थिक लाभ लिने गाउँपालिकाको लक्ष्य छ ।

तपाईको प्रतिक्रिया

सबै

सम्बन्धित समाचार