महाकुलुङः बुङको हिलारी क्लिनिकलाई स्वास्थ्य सामाग्री सहयोग

उद्धब कुलुङ

सोलुखुम्बु । हिमालयन ट्रष्ट नेपालले हिलारी क्लिनिक बुङलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । बुङबाट परिचालन हुने स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

ट्रष्टले ५ डब्बा ग्लोभ्स, हाते सेनिटाइजर ५ थान, सर्जिकल माक्स २० डब्बा, डिजिटल थर्मोमिटर ५ थान, पल्स अक्सिमिटर २ थान, फेस शिल्ड १० थान लगायत अतिआवश्यक स्वास्थ्य सामाग्री प्रदान गरेको हो । ट्रष्टले स्थापना कालदेखी नै हिलारी क्लिनिकलाई वार्षिक १ लाख रुपैयाँ बराबरको औषधि सहयोग गर्दै आएको छ ।

कोभिड १९ को बढ्दो संक्रमणलाई न्यूनीकरण गर्न सरकारलाई सहयोग पुग्ने ट्रष्टको अपेक्षा रहेको हिमालयन ट्रष्ट नेपालका सोलुखुम्बु जिल्ला संयोजक नवराज भुजेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सबै

सम्बन्धित समाचार