भारतमा एकै दिन एक लाख ७० हजार कोरोना संक्रमित , उत्तर प्रदेशमा विद्यालय बन्द

काठमाण्डौं । भारतमा एकै दिन करिब एक लाख ७० हजार कोरोना भाइरसका संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र त्यहाँ एक लाख ६९ हजार ८९९ जना नयाँ संक्रमित थपिएका हुन्।

योसँगै कुल संक्रमित संख्याका आधारमा भारत दोस्रो स्थानमा उक्लिएको छ।भारतमा दैनिक संक्रमणको दर उच्च बन्दै गएको छ। जुन गत २४ घण्टामा थपिएको संक्रमित संख्याले पनि देखाउँछ।भारतको उत्तर प्रदेशका सबै विद्यालय अप्रिल ३० तारिखसम्मका लागि बन्द गरिएको छ। कोरोना भाइरसको महामारी बढ्दै गएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको सञ्चारमाध्ययमा उल्लेख छ।

कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिरहेकाले जोखिम कम गर्न विद्यालय बन्द गरिएको उत्तर प्रदेश सरकारले जनाएको छ। विद्यालय बन्द गरिए पनि भौतिक दूरी कायम राखी परीक्षा भने सञ्चालन हुने बताइएको छ।
यस्तै, पाँच सयभन्दा धेरै सक्रिय संक्रमित रहेका क्षेत्रमा रात्रिकालीन कफ्र्यु लाग्ने निर्णय भएको समेत सञ्चारमाध्ययमा उल्लेख छ।

तपाईको प्रतिक्रिया

सबै

सम्बन्धित समाचार