खाँदबारी अस्पताल प्रदेश १ मा नै पहिलो

खाँदबारी । जिल्ला अस्पताल खाँदबारी प्रदेश १ मा पहिलो बनेको छ । प्रदेशका १४ वटा अस्पताललाई पछि पार्दै जिल्ला अस्पताल पहिलो भएको हो ।

न्यूनतम सेवा मापडण्ड मापनमा जिल्ला अस्पताल संखुवासभाले ७१ प्रतिशत अंक ल्याएर प्रथम भएको अस्पतालका प्रशासन प्रमुख दीपेश श्रेष्ठले बताउनुभयो । यस अघि यो अस्पताल प्रदेश १ मा १२ औ स्थानमा थियो ।

५० बेडको दितिय स्तरको प्रादेशीक अस्पताल १ नम्बर प्रदेशमा १४ वटा रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले बताउनुभयो । जनशक्तिको व्यवस्थापन, आर्थिक व्यवस्थापन, औजार उपकरणको उपलव्धता र प्रयोग, मानव संसाधन व्यवस्थापन, बिरामीको सेवा सुबिधा, फोहरमैला र विपत व्यवस्थापनमा भएका ९ सय ३९ अंकमा ७१ प्रतिशत ल्याएको अध्यक्ष शाक्यले बताउनुभयो । अस्पतालको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की समेतको विज्ञ टोलीले अनुगमन गरेका थिए ।

निकट भविश्यमा नै अन्य महत्वपुर्ण सेवाहरु थप हुने भएकोले अर्को बर्ष अंक बढ्ने अपेक्षा गरिएको छ । यसै आर्थिक बर्षमा कल्चर सेवा र हार्डजोर्नी विशेषज्ञ सेवा सञ्चालन गर्ने तयारीमा रहेको अस्पतालका प्रशासन प्रमुख दीपेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार आगामी आर्थिक बर्षमा सिटि स्क्यान र आईसियु सञ्चालन गर्ने लक्ष राखेको छ । जिल्ला अस्पताल संखुवासभालाई प्रदेशमै नमूना बनाउने उद्देश्यका साथ काम भईरहेका श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सबै

सम्बन्धित समाचार