चैत्र २८ बाट मानेभञ्ज्याङमा फुटबल प्रतियोगिता हुने

खाँदबारी । एड्भान्स क्लव मानेभञ्ज्याङले चैत्र २८ गतेबाट फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । सङ्खुवासभाका खेलाडीहरुको सहभागीता हुने गरि भरुण भ्याल्ली भेटेरेन्स फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको हो ।

प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगिताका संयोजक भानुभक्त पोखरेलले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै, उपविजेताले ५० हजार र सेमिफाईनलमा पुग्ने दुई टिमले १५, १५ हजार रुपैयाँ प्राप्त गर्ने संयोजक पोखरेलले जानकारी दिनुभयो ।

प्रतियोगिताका उत्कृष्ठ खेलाडीले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद ३ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता चैत्र ३१ गते सम्पन्न हुनेछ ।

तपाईको प्रतिक्रिया

सबै

सम्बन्धित समाचार