मानेभञ्ज्याङ – हेलुवावेशी सडक कालो पत्रेको काम सुरु

संखुवासभा । सिलिचोङ गाउँपालिकालाई सदुरमुकाम खाँदबारीसँग जोड्ने सडक खण्डको हेलुवावेसी–मानेभञ्ज्याङ सडक कालोपत्रेका लागि विहिबारबाट काम सुरु भएको छ । ४४ करोडको लागतमा पिच हुन लागेको सडकको माटो कटिङ खाँदबारी–१० चन्दनपुरबाट सुरु भएको हो ।

यस सडक खण्डको १४ किलो मिटर ४ सय २० मिटर कालोपत्रे पुर्वाधार विकास कार्यालय संखुवासभाले जनाएको छ । सडकको स्तरोन्नतीका लागि याक्थुमहाङ निर्माण कम्पनीले आवश्यक उपकरण ल्याउने काम सुरु गरेको छ । सडक चौडा र ग्रेडिङ लगायतका पुर्वाधारको काम सुरु गर्ने निर्माण कम्पनीले जानकारी दिएको छ । २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्षका साथ काम सुरु भएको हो ।

तपाईको प्रतिक्रिया

सबै

सम्बन्धित समाचार