चिचिला गाउँपालिका: वडा नम्बर ५ को भवन शिलान्यास

चिचिला । चिचिला गाउँपालिका वडा नम्बर ५ को प्रशासनिक भवन निर्माणको शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पा, प्रमुख प्रशासकिय अधिकृत शुक्रादेवी राई लगायतका जनप्रतिनिधी र कर्मचारीहरुको उपस्थितीमा मंगलबार भवनको शिलान्यास गरिएको हो ।

गत गाउँसभाले भवन निर्माणको लागि ७५ लाख रुपैयाँ विनियोजन गरेको थियो । उक्त बजेटबाट ठेक्का लगाउँदा ५९ लाख रुपैयाँमा निर्माण गर्ने गरि रानीढुंगा निर्माण सेवाले ठेक्का पाएको हो । उक्त बजेटले यहि आर्थिक बर्ष भित्र भवन निर्माण गरिसक्नु पर्ने गाउँपालिका अध्यक्ष पासाङ नुर्व शेर्पाले जानकारी दिनुभयो ।

अहिले वडा नम्बर ५ को सेवा ब्यक्तिको घर भाडामा लिएर सुचारु गरिएको छ ।

तपाईको प्रतिक्रिया

सबै

सम्बन्धित समाचार