भारत वा चीन खुसी पार्न मात्र प्रधानमन्त्री संखुवासभा आएः पुर्व राज्यमन्त्री खड्का

खाँदबारी । पुर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीको संखुवासभा भ्रमण उपलब्धी हिन भएको बताउनुभएको छ । मंगलबार प्रेस युनियन संखुवासभाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताउनुभएको हो ।

दुई तिहारको सरकारको प्रधानमन्त्री आफ्नो जिल्ला आउने खबरले खुसी भएपनि उहाँको भ्रमणपछि खुसी हुने आधारहरु नपाएको पुर्ब राज्यमन्त्री खड्काले बताउनुभयो । स्थानीय जनता र प्रमुख प्रतिपक्षी दललाई बेवास्ता गरेर जिल्ला आएको प्रधामन्त्रीको भ्रमणबाट जिल्लाले के पायो भन्ने कसैले भन्न नसकेको खड्काले आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री ज्यू, आखिर के गर्न आउनुभो ? चाईना खुसी पार्न की, ईण्डिया (सतलज जल विद्युत) खुसी पार्न आउनुभो ?’

पुर्व राज्यमन्त्री खड्काले केपी शर्मा ओली प्रधानमन्त्री पदमा बसिरहनुको औचित्य नभएको समेत बताउनुभएको छ । ट्रान्स्परेन्सी ईन्टरनेशनलको प्रतिवेदनमा एसियाको भ्रष्टचारी देशमा नेपाल एक नम्बरमा परेको र प्रधानमन्त्रीको नाम उल्लेख भएपछि पदमा बसिरहनुको औचित्य सकिएको उहाँले बताउनुभयो । विभिन्न माध्ययमबाट उक्त प्रतिवेदनको खण्डन गरिए पनि सरकारका प्रतिनिधीहरुले गरेको अनियमितताको बारेमा आम नागरिकहरु जानकार रहेको बताउनुभयो । अहिलेको सरकार हिंसा, भ्रष्टचार र ब्यक्तिगत स्वार्थमा डुबेकोले नागरिकहरु निराश बनेको दावी गर्नुभयो । कम्युनिष्ट सरकारको कार्यशैली देखेर आफ्नै कार्यकर्ता भौतारिन थालेको समेत खड्काले बताउनुभयो । अहिले कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको लर्को लागेको उहाँले बताउनुभयो ।

स्थानीय तहहरुमा समेत जनप्रतिनिधीहरुले आफु निकटका ब्यक्ति तथा कार्यकर्ताहरुलाई उपभोक्ता समिति गठन गरेर अनियमितता गरेको उदाहरणहरु रहेको बताउनुभयो । यसले माथिल्लोदेखि तल्लो तहसम्म नै भ्रष्टचार मौलाएको देखिएको बताउनुभयो । दश स्थानीय तह रहेको संखुवासभामा पाँच नेकपा र पाँच नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधीहरुले नेतृत्व गरिरहेका छन् । नेपाली कांग्रेसले नेतृत्व गरिरहेको स्थानीय तहहरुमा सुशासन कायम गर्दै भ्रष्टचार मुक्त पालिका बनाउन पार्टीले निर्देशन दिदै आएको पुर्व राज्यमन्त्री खड्काले बताउनुभयो । उक्त निर्देशन विपरित कसैले काम गरे कारबाहिको दायरामा समेत ल्याउने ब्यवस्था गरिएको उहाँले स्ष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया

सबै

सम्बन्धित समाचार