परिश्रमिलाई कामै काम, अल्छेलाई कहिले जाला घाम (फोटो फिचर सहित)

खाँदबारी । चिचिला गाउँपालिकामा दुई दिन अघि एक कर्मचारीको कोरोना पोजेटिभ रिपोर्ट आयो । रिपोर्ट पोजेटिभ आईसकेपछि सम्भावित अन्य कर्मचारीहरुको पनि स्वाप संकलन गरेर परिक्षणको लागि पठाईएको छ ।

थप संक्रमणको जोखिमबाट बच्न गाउँपालिकाले केहि दिनको लागि गाउँपालिकाको सेवा बन्द गरेको छ । संक्रमण सम्भावित कर्मचारी र जनप्रतिनिधीहरु यस अवधिमा होम क्वारेन्टिनमा बसेका छन् । यो समयमा फुर्सदिलो बनेका केहि जनप्रतिनिधी र कर्मचारीहरु भने पर्यटकिय स्थल सरफाई र रंग रोगनको काममा थालेका छन् ।

गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाका संयोजकत्वमा गाउँपालिकाकै एक पर्यटकीय केन्द्र मत्स्यपोखरीको सरसफाईमा जुटेका हुन् । आज (विहिबार) पहिलो दिन ९ जना जनप्रतिनिधी र कर्मचारीहरुले मत्स्यपोखरी क्षेत्रको सफाईमा सहभागी भएका छन् । यस काममा कर्मचारी र जनप्रतिनिधीहरु बाहेक केहि स्थानीय नागरिकहरुले समेत सघाएका छन् ।

ईमकालु अनलाईनसँग कुरा गर्दै अध्यक्ष शेर्पाले खाली समयको सदुपयोग गरेको बताउनुभयो । गाउँपालिकाको सवै काम रोकेका छौ, यहि मौकामा कोरोनाबाट सुरक्षित रहेकाहरु चाँहि सरसफाईमा लागेका हौं, अध्यक्ष शेर्पाले भन्नुभयो । कोरोनाको रिपोर्ट आउन ५ दिनसम्म लाग्ने भएकोले खाली समयमा सरसफाईमा जुटेको अध्यक्ष शेर्पाको भनाई छ । करिव ३ दिनमा रंग रोगन समेत सकिने उहाँले बताउनुभयो ।

अध्यक्ष शेर्पाको संयोजकत्वमा गरिएको सरफाई तथा रंग रोगनका केहि दृश्यहरु यहाँ राखिएको छ ।

तपाईको प्रतिक्रिया

सबै

सम्बन्धित समाचार