सिलिचोङ पहिरो पिडितलाई संखुवासभा रेडक्रसले दियो राहत

रेडक्रसले दिएको राहत रकम हस्तान्तरण गर्नुहुँदै गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङ ।

ताम्कु । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाले सिलिचोङका पहिरो पिडितलाई राहत सहयोग गरेको छ । रेडक्रसले १ सय ६ घर पहिरो पिडितहरुलाई प्रति घर २ हजारका दरले २ लाख १२ हजार नगद सहयोग गरेको छ ।

नगदसंगै प्रतिघर एक थान त्रिपाल, २ थान कम्बल, १ सेट भाँडा र ३ सेट लगाउने कपडा सहयोग गरेको रेडक्रसका जिल्ला शाखाका सभापति सरोज बज्रचार्यले जानकारी दिनुभयो । मंगलबार सिसुवाखोला विपत व्यवस्थापन समितिको उपस्थितीमा सहयोग रकम र सामाग्री हस्तान्तरण गरिएको हो । राहत रेडक्रसको अन्तराष्ट्रिय महासंघको सहयोगमा रेडक्रस सोसाईटी जिल्ला शाखाले वितरण गरेको रेडक्रस कार्यालय संखुवासभाका लक्ष्मि कार्कीले जानकारी दिनुभयो ।

यसै विच, सिर्जनशिल सामुदायिक विकास केन्द्र खाँदबारीले पनि एक एक थान सिरक सहयोग गरेको छ । केन्द्रका अध्यक्ष बविता कटुवाल लगायत समतिका पदाधिकारीहरु सिलिचोङ गाउँपालिकाको बुधबारे पुगेर अस्थाई टहरोमा बसोबास गरिरहेका १०६ परिवारलाई सिरक सहयोग गरेको हो । त्यस्तै डनविदा ह्याण्डीक्राफ्ट र करेन हेजिज टिम युकेले घर बगाएका ८ परिवार र १ जना अपाङ्गलाई आर्थिक सहयोग गरेका छन् । पहिरोबाट घर बगाएका ८ परिवारलाई १३ हजार पाँचसयको दरले १ लाख ८ हजार र एक अपाङ्गलाई ३ हजार ९ सय १२ रुपियाँ सहयोग गरेका हो ।

हस्तान्तरण कार्यक्रममा दाताहरुको तर्फबाट रेडक्रस जिल्ला शाखा उपसभापती मदन कुमार दाहाल, मन्त्री ऋषिकेशव चापाचाईसदस्य नरबहादुर थापा लगायतको उपस्थिती रहेको थियो । त्यस्तै सृजनशितको तर्फबाट संस्थापक अध्यक्ष चित्ररेखा अधिकारी, सचिव बबिता कटुवालको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सबै

सम्बन्धित समाचार