संगीतकर्मी दिप घतानीले ल्याए दशै तिहार गीत ‘परदेशीको एक्लो जीवन’


खाँदबारी । गायक तथा संगीतकार दिप घतानीले दशै तिहारको अवसर पारेर नयाँ गीत परदेशीको एक्लो जीवन बोलको गीत ल्याएका छन् । उक्त गीतको भिडियो आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

गीतकार एसपी कोईरालाको शब्दमा घतानीले आफैले संगीत दिएका छन् । गीतको एरेञ्ज सञ्जिब बराईलीले गरेका हुन् । गीतको भिडियोमा घतानी आफैले मुल भुमिकामा अभिनय गरेका छन् भने समरा जोशीको पनि अभिनय रहेको छ । पछिल्लो समय ब्यस्त एवं चर्चित निर्देशक निकेश खड्काले निर्देशन गरेको भिडियो बुद्ध थापाले छायाँङ्कन गरेका हुन् ।

गीतमा चाडबाडको बेला परदेशमा हुनेहरुको पिडा ब्यक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया

सबै

सम्बन्धित समाचार