‘राई !’ कामरेडहरु, आगामी जनगणनामा ‘राई !’ होइन, कुलुङले कुलुङ, बाहिङले बाहिङ, मेवाहाङले मेवाहाङ … लेखौं

वास्तवमा यो लेख कसैसँग रिसराग राखेरभन्दा पनि ‘हाम्रो असली पहिचान ‘‘राई !’’ नै हो त ?’ आम मानिसहरुमाझ प्रस्ट होस्, भनेर लेखिएको हो । यस विषमा म फेरि पनि भन्छु, मैले ‘कसैसँग अतिशय अनुराग र कसैसँग अतिशय द्घैष !’ नराखीकन अभैm पनि बहस र छलफल गर्ने हो कि ? भनेर लेखिएको हो । ‘राई !’ नेपालको कुनै जात वा जाति नै हुन्थो भने, त्यो वेला ‘रैती’ अर्थात् ‘ढाक्रे’ भनिने सर्वसाधारण जनताहरुले आप्mनो नामको पछाडि ‘राई’ लेख्न खोज्दा वा लेख्दा असली अर्थात् तालुकदार वा भनौं जिम्मावालहरुले किन ‘तैँले नपाएको राई किन र कसरी लेखिस्, ?’ भनेर कारबाही गर्थै ? यस बारेमा थप जान्न चाहनेहरुले खास गरी ‘किराबी’कै नेतृत्वले पहल गरेर काठमाण्डौ लगायत नेपालको सुविधा सम्पन्न सहर–बजारमा उपलब्ध त्यो वेलाका असली ‘राई !’का (नोटः असली ‘राई !’ किन भनियो भने माथि असलीबारे लेखिएकै छ) जेठो छोरोहरुलाई भेला गराएरै सोधखोज गर्दा अझ राम्रो र प्रष्ट हुने देखिन्छ । अथवा ‘राई नेपालको कुनै जात वा जाति नभएर पदवी वा पगरी अथवा तालुकदार वा भनौं जिम्मावाल नै भए तापनि अब हामी जात वा जाति मान्छौं !’ भनेर सार्वजनिक रुपमा घोषणा गरेर आ–आप्mनो समुदायदाई जानकारी गराएर जाँदा अझ राम्रो होला कि ?

स्मरण रहोस्, त्यो वेला ‘रैती’ अर्थात् ‘ढाक्रे’ भनिने आम सर्वसाधारण जनताहरुले विसं २०२१ सालमा आएको भूमिसधार ऐन विसं २०२८/०२९/०३०/०३१/०३२/०३३/०३४ तिर (पछिल्लोपटक संखुवासभा जिल्लामा विसं २०५१ म भूमिसधार लागू भएको भनी दूर्गामणि देवानले बताएका छन् । उनी स्वयम् आप्mनो असली ‘राई !’ बाबुको मृत्युपछि विसं २०४५ मा ‘राई !’ भएका थिए ।) गाउँ–गाउँमा, टोल–टोलमा लागू भएपछि मात्रै आप्mनो नामको पछाडि ‘राई !’ लेख्न पाएका थिए/हुन् । अझ यो पंक्तिकारलाई भोजपुर जिल्ला घर भएका डा. शिवकुमार राई जो विसं २०६४ पछि बनेको तत्कालीन माओवादी सरकारको कार्यकालमा राष्ट्रिय योजना आयोग (रायोआ) को सदस्य पनि भएका थिए, ले सन् २००७ को विश्व आदिवासी दशकको अवसरमा काठमाण्डौको मल्ल होटेलमा भएको कार्यक्रममा प्mलोर ओपन भएपछि मैले (यो पंक्तिकारले) ‘राई जात वा जाति होइन । तर, यही राईलाई जात मान्दा २२ भन्दा बढी जातिहरुको जातीय अस्तित्व नष्ट भएर जाँदैछ ।’ भन्दा त्यो वेला र्यापोर्टर भई काम गर्दै गरेका गणेश राई, जो कातिन्पुर दैनिकका पत्रकार पनि हुन् उनले मलाई खिल्ली उडाउँदै वा हियाएर राई जात होइन होइन त, राई जात होइन होइन त भन्दै थिए ।

तर, लन्च ब्रेक भएपछि डाक्टर शिवकुमार राई मेरो टेबलनिर आएरै (फलेको फल नुहिन्छ भनेको सायद यही होला) ‘भाइ, तपाईँले साह्रै राम्रो प्रश्न उठाउनुभो, वास्तवमा मेरो असली अर्थात् तालुकदार वा भनौं जिम्मावाल/असली ‘राई !’ बाबु/बुबाले भमिसधार ऐन लाग भएपछि जग्गा रैतीहरुको नाममा दर्ता समस्या भयो । किनभने पूरानो घरायसी कागजहरुमा रैती, ढाक्रे वा ज्यमी/जिमी लेखिन्थ्यो । त्यसैले ती बाबैले यी ‘रैती’/‘ढाक्रे’हरुलाई कहाँ ‘राई !’ लेख्न दिन्छु ! म पो ‘राई !’ हँु, यिनीहरु कसरी ‘राई !’ भनी अड्डी कसे । त्यसरी कुनै हालतमा आप्mनो ‘रैती’/‘ढाक्रे’हरुलाई ‘राई !’ लेख्न नदिने अड्डी कसेपछि के गर्ने त, के लेख्ने त ? भनी ५/६ दिसम्म गाउँका पञ्च–भलाद्मीहरुले निरन्तर भेला भई छलफल गर्नु परेको थियो अरे । अन्ततः भूमिसुधार ऐन लागू भएसँगै ती असली ‘राई !’ को पद पनि गयो भने, ‘राई !’ भएवापत गरेको ‘राईँ–दाई !’ पनि सकियो ! राईवाला कमरेडहरु, ‘राई !’का बारेमा वास्तविक कुरो यस्तो छ ।

जे होस्, किरातहरुका बारेमा विभिन्न विदेशी तथा स्वदेशी लेखक एवम् इतिहासकारहरुले अनेकौं किताब लेखेका छन् । हुन पनि किरातहरु प्राचीन भारतीय उपमहाद्धीप र नेपालको अति प्राचीन महाजाति हो । प्राचीन संस्कृत साहित्यहरु जस्तै ऋग्वेद, पुराण, स्मृति, काव्य, कथा, कविता, तथा विभिन्न अभिलेखहरुमासमेत किराती जातिहरुका बारेमा उल्लेख भएको पाइन्छ । त्यस्तै बौद्ध साहित्य, ब्राम्मण साहित्य, जैन साहित्य, इसाई धर्म, इस्लाम धर्म आदि धर्म ग्रन्थहरुमा पनि किरात जाति छुटेका छैनन् । त्यति मात्रै होइन, किरातहरु प्राचीन वास्तुकला, शिल्पकला, लोक–कला, चित्रकला आदिमा पनि चित्रितत् छन् । भनिन्छ, किरात सभ्यता विश्वमा भएका सबैभन्दा पुरानो सभ्वताहरुमध्ये एक हो । ब्रह्मपुत्र तथा गंंगा (गोङवा) नदी र यसका शाखा नदी आसपास किरातीहरुको विकास भएको मानिन्छ । एसिया महादेशको ठूलो भू–भागमा किरात÷किरातीहरु रहेका थिए । किरातीहरु कस्मिरदेखि पूर्व, कामरुपदेखि पश्चिम, भुटानदेखि मानसरोवरको दक्षिण–पश्चिमसम्म, ब्रह्मपुत्र नदीको किनारदेखि सरयु नदीको किनार, मानसरोवरदेखि चीनसम्म, नवदेशदेखि महाचीनसम्म विस्तारित थिए । त्यस्तै किरातीहरुको ऐतिहासिकता संस्कृत साहित्यको अथर्ववेद, वाल्मिकी रामायण र महाभारतमा (किराती राजाहरु र जनताहरुको) उल्लेख गरेको पाइन्छ ।

किरात/किराती वंशावलीको सन्दर्भमा भन्नु पर्दा गोपाल राज वंशावलीअनुसार ३२ पुस्ता, डेनियल राइटको वंशावली अनुसार २९ पुस्ता, जीपी सिंहका अनुसार २९ पुस्ता, कर्कपेट्रिकको वंशावलीअनुसार २७ पुस्ता, सिल्भँ लेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशनअनुसार २५ पुस्ता, डा. स्वामी प्रपन्नचार्यका अनुसार २८ पुस्ता र ‘सुब्बा’ प्रेमबहादुर माबोहाङका अनुसार २८ पुस्ता, धरणीधर दाहालका अनुसार ३५ पुस्ता र भुपेन्द्रनाथ शर्मा ढुंगेलका अनुसार ३३ पुस्ता किराती राजाहरुले (काठमाडौ उपत्यकामा) राज्य चलाएका थिए ।

यसरी हेर्दा कुनै बेला एसियाको ठूलो भू–भागमा फैलिएका किरातीहरु अहिले आएर बाह्य क्षेत्रबाट प्रवेश भएका मानिसहरुको हस्तक्षेप तथा उपनिवेशका कारण विस्थापित हँुदै आफ्नो जिमी–भूमिको साथै आप्mनो जातीय स्वपहिचानसमेत गुमाउँदै सीमित क्षेत्रमा बाँकी रहेका छन् । आपूmलाई खुलेर किरात/किराती भनी दावीगर्ने जातिहरु दक्षिण एसियाको नेपाल देशको पनि सगरमाथा (चोमोलुङमा) क्षेत्र (हालको नेपालको पूर्वी भाग) को सानो भू–भागमा रहेका केही जातिले मात्रै छन्, जसले आपूmलाई प्रस्ट रुपमा किराती भनी चिनाउँछन् । तर, उनीहरुलाई पनि ‘राई!’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’करण गरिएका कारण उनीहरुको असली किराती पहिचान नै ओझेलमा परेको÷पर्न लागेको अवस्था छ ।

यसरी धेरैपछि ‘राई!’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’करण गरिएका अर्थात् ‘करण !’ मा परेका किरातीहरुमा सबैभन्दा बढी खम्बुका सन्तानहरु देखिन्छ । जस्तै आठपहरिया, कुलुङ, खालिङ, चाम्लिङ, जेरो/जेरोङ, तिलुङ, नाछिरिङ, बान्तावा, बाहिङ, मेवाहाङ, याम्फु, पुमा, कोयु, लोहोरुङ, साम्पाङ, आदि छन् । हुन त हाल आएर मेत्नाहाङका सन्तान लिम्बुले आप्mनो जात ‘सुब्बा’ हो भनी लेख्न छाडीसके । त्यस्तै लाङलेवाका सन्तान कोईँच (सुनुवार) ले पनि आप्mनो जात ‘मुखिया’ हो भनी लेख्न छाडीसके । उता मेवाहाङका सन्तान याक्खाले पनि आप्mनो जात ‘देवान’ वा ‘जिमी’ हो भनी लेख्न छाडीसके । यसरी होर्दा सबैभन्दा धेरै ‘करण !’ मा खम्बुका सन्तानहरु त्यसमा बान्तावा जाति परेको देखिन्छ । जस्तो कि विसं २०६८ को जनगणनाअनुसार, बान्तावा जातिको जनसंख्या ४ हजार ६०४ जना रहेको छ । त्यस्तै चाम्लिङ जातिको जनसंख्या ६ हजार ६६८ जना रहेको छ । तर, भाषा वक्ता संख्या भने, बान्तावाको १ लाख ३२ हजार ५८३ जना छ भने चाम्लिङको भाषा वक्ता संख्या ७६ हजार ८०० जना रहेको छ । स्रोतः ‘केतवि स्टाटिकल पकेट बक अफ नेपाल२०१४ ।’ बान्तावा र चाम्लिङको जनसंख्या र भाषा वक्ता संख्यामा त्यत्रो फरक कसरी भयो ? कि बान्तावा र चाम्लिङको भाषा नेपाल अन्य जातजाति जस्तै बाहनm क्षेत्री, कामी, दमाई, सार्की, मगर, लिम्बु, गुरुङ, माझी, राउटे, राजी, थामी, हायु, कुसुन्डा, धिमाल, सतार, राजवंशी, गनगाई, …, …, ले पनि बोल्छन् ? राई जातिवाला राई सर÷राईनी म्याडमहरु, प्रश्न त गम्भीर पो छ है !

मान्छेहरुले सुन्दा अचम्म मान्लान् । कतिपय मान्छेहरुले त नपत्याउलान् पनि । तर, विसं २०५७/०५८ देखि नै खम्बुका सन्तानहरुमध्ये कुलुङ जातिका अगुवाहरुले ‘राई’ जात वा जाति होइन रहेछ, त्यसैले अब हामी यो ‘पदवी’ वा ‘पगरी’ ‘राई !’लाई जातिको रुपमा लेख्न छाडेर आप्mनो असली जातीय स्वपहिचान कुलुङले चिनिन चाहन्छौं ! भनी आन्दोलन र जनवकालत गर्न थाल्यो । खास गरी आदिवासी जनजाति सूचीमा सूचीकृत नभएसम्म राज्य र नेपालकै अन्य आदिवासी जनजातिहरुले पनि नचिन्ने (अहिले पनि कुलुङ जाति हौं भनेर भन्यो वा परिचय दियो भन्ने कुलुङ त ‘राई !’ होइन र ? भन्नेहरु केही बाँकी नै छन् ।) भएकाले गर्दा आदिवासी जनजाति सूचीका लागि पनि जनस्तरमा व्यापक रुपमा चेतनाको विकास र प्रचारप्रसार गर्ने काम भयो । साथै विभिन्न राजनैतिक दल र तिनका नेताहरुसँग भेटघाट र लबिङ गर्ने, साथै उनीहरुमार्पmत आप्mनो माग सम्बोधन गर्न अनुरोध गर्ने कामहरु भए । फलतः विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा कुलुङ जातिको जनसंख्या २८ हजार ६१३ र कुलुङ भाषा वक्ता संख्या ३३ हजार १७० रहेको छ ।

त्यस क्रममा त्यो वेलाको घागडान राजनैतिक दलहरु नेकपा (एमाले), नेकपा (माले, बामदेव एमाले नर्पmकँदासम्म), नेपाली कांग्रेस, नेपाली कांगे्रस (प्रजातान्त्रिक), ठीक–ठीकैको भनिएको राजनैतिक दलहरु सीपी (माले) (बामदेव एमाले फर्केपछि सीपी मैनालीले नेतृत्व गरेको, नेमकिपा (नारानमान विजुक्छे), संयुक्त जन मोर्चा (चुनाव चिन्ह हँसिया हथौडा), राष्ट्रिय जन मोर्चा (चुनाव चिन्ह गिलास), राप्रपा (नेपाल) चुनाव चिन्ह गाई), राष्ट्रिय जनशक्ति पार्टी (स्वर्गीय सूबथा, चुनाव चिन्ह छाता), राष्ट्रिय प्रजातन्त्र पार्टी ((चुनाव चिन्ह हलो) लगायतका राजनैतिक दल र तिनका नेताहरुसँग भेटघाट गर्ने र ज्ञापनपत्र दिने, हाम्रो माग पूरा गराउन प्रविद्धता जनाउन लगाउने कामहरु प्नि पटक–पटक भएका थिए । तर, त्यो वेला नेपालका कुनै पनि राजनैतिक दल र तिनका नेताहरुले हाम्रो मागलाई गम्भीताका साथ लिएनन् । फलतः हाम्रो माग अहिलेसम्म पनि जारी रहेको छ ।

तपाईको प्रतिक्रिया

सबै

सम्बन्धित समाचार