फिदिम बजारमा विद्यालय समयमा सवारी प्रवेश निषेध गर्ने गरी होडिङ बोर्ड राख्न थाले

पाँचथर । पाँचथरको फिदिम बजारमा विद्यालय समयमा सवारी साधन चलाउन निषेध गरिएको छ ।

विद्यालय समयमा सवारीको चाप बढनाले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले फिदिम नगरपालिका वडा नम्बर १ को कार्यालयले समय तोकेर प्रवेश निषेध गर्ने गरी होडिङ बोर्ड राख्न थालेको छ ।

विद्यालय समयमा बजार क्षेत्रभित्र तिव्र गतिमा सवारी चलाउने, मालवाहक तथा ठूला सवारी साधानहरु संचालन गर्दा दुर्घटनाको जोखिम वढेको भन्दै होडिङ बोड राखिएको फिदिम १ कार्यवाहक वडाअध्यक्ष राजकुमार नेम्बाङले जानकारी दिए ।

यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख जनक तिम्सिनाले विद्यालय समयमा यस क्षेत्रमा सवारी साधान नचलाईदिँदा पनि सवारी दुर्घटनामा न्यूनीकरण हुने बताए ।

तपाईको प्रतिक्रिया

सबै

सम्बन्धित समाचार